सोसल मिडिया
Contact Us
युनिकोड
आदेन, ८ फागुन । यमनको साबाह प्रान्तको एक सहरमा यहाँका हुथी विद्रोहीले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ । सो शहरमा शनिबार हुथी विद्रोहीले शक्तिशाली मिसाइल आक्रमण गरेका थिए । त्यस क्रममा पाँच सर्वसाधारणको ज्यान गएको अधिकारीले जनाएका छन् । एकजना प्रहरी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा दिएको जानकारीअनुसार सो मिसाइल शहरको एक बस्तीमा खसेको र त्यसको विस्फोटबाट कम्तीमा पनि पाँचको ज्यान गएको बताएका छन् । यस हिंसात्मक घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।– रासस/सिन्ह्वा