सोसल मिडिया
Contact Us
युनिकोड
जर्मनी (बर्लिन), ८ फागुन । नाटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतवार रुसलाई “झूटा बहानामा युक्रेनमा पूर्णमात्रामा आक्रमण गर्ने योजना बनाएको” आरोप लगाएका छन् । “रूसले भनेझैं कुनै पनि सेना फिर्ता गरिएको छैन, तर नयाँ सेना थपिँदैछ,” स्टोल्टेनबर्गले जर्मन सार्वजनिक प्रसारक एआरडीलाई सो कुरा बताएको स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ । एजेन्सीका अनुसार नाटो प्रमुखले गठबन्धनको स्थापना सन्धिलाई उद्धृत गर्दै पूर्वतर्फ विस्तार नगर्ने आफ्नो वाचा तोडेको नाटोको आरोपलाई पनि अस्वीकार गरेका छन् । यस महिनाको ८ तारिखमा युरोपेली सङ्घमा चिनियाँ मिसनले नाटोको थप विस्तारको विरोध गरेको थियो । “शीतयुद्ध समाप्त भएको तीस वर्ष पछि नाटोले आफ्नो भौगोलिक दायरा, सञ्चालनको दायरा विस्तार गर्न जारी राखेको छ, ब्लक राजनीति र टकरावमा संलग्न छ । यो विश्वव्यापी सुरक्षा र स्थिरताको लागि अनुकूल छैन ।” चीनको टिप्पणी थियो ।–रासस/एएनआई