चीनमा स्थानीयस्तरमै देखिएका कोभिड सङ्क्रमितको संख्यामा वृद्धि 

आइतबार, फागुन ८, २०७८
Global Ime Bank

बेइजिङ, ८ फागुन । चीनमा शनिबार स्थानीयस्तरका १०१ मा कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँका अधिकारीले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार यहाँ बिहीबार र शुक्रबारका तुलनामा यहाँका सङ्क्रमितको संख्यामा शनिबार वृद्धि भएको हो ।  चिनियाँ स्वास्थ्य अधिकारीले दिएको जानकारीमा यहाँ शनिबार १०१ सङ्क्रमित देखिएका छन् भने ती सङ्क्रमित यहाँको स्थानीयस्तरमै देखिएका सङ्क्रमित हुन् । प्राप्त समाचारमा ग्वाङदोन, जान्सु, युनानलगायतका शहरमा ती सङ्क्रमित भेटिएका हुन् । यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो । अधिकारीका अनुसार अहिले चीनमा एक हजार ४०० भन्दा केही बढी सङ्क्रमित उपचाररत छन् । ती अधिकारीका अनुसार तीमध्ये २५ को अवस्था गम्भीर रहेको छ । त्यसैगरी चीनमा शनिबार मात्र विभिन्न देशबाट गरी थप ९४ जना कोरोना सङ्क्रमित भेटिएका छन् । चीनले पछिल्लो समयमा जनस्वास्थ्यका मापदण्डमा निकै कडाइ गर्नुका साथै अन्य सतर्कताका कारण धेरै नागरिकमा यो सङ्क्रमण सर्न पाएको छैन । चीन सरकारले नागरिकलाई कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको जनाएको छ ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार