सोसल मिडिया
Contact Us
युनिकोड
साओ पाओलो, ८ फागुन । ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस, रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको बताइएको छ । यहाँ गएको पाँच दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । यहाँका स्थानीय अधिकारीले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडक नै खोलामा परिणत भएका बताइएको छ । शनिबार पाँचौ दिन पनिपनि वर्षा जारी छ । यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । यहाँ भारी मात्रामा वर्षा भएको बताइएको छ । सबैभन्दा बढी क्षति पेटोपोलिस सहरमा भएको यहाँका उद्धारकर्मीले जानकारी गराएका छन् । शनिबारसम्मा यो बाढीमा परेर कम्तीमा पनि १९१ जना हराइरहेका बताइएको छ । रियो डि जेनेरियोको उत्तरी क्षेत्रमा पनि बाढीले असर गरेको छ । यहाँ सन् १९३२ पछिको सबैभन्दा बढी वर्षा भएको छ । वर्षात्का कारण यहाँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ । बाढी तथा डुबानका कारण करिब दर्जनौँ घर क्षतिग्रस्त भएका र सयौँ जनालाई प्रायजसो विद्यालयमा आश्रय दिइएको बताइएको छ । विशेषज्ञको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ । सन् २०११ को जनवरीमा भारी वर्षाका कारण यस क्षेत्रमा ९०० भन्दाबढी मानिसको मृत्यु भएको थियो । जसले गर्दा पेट्रोपोलिस, छिमेकी सहर नोभा फ्रिबर्गो, टेरेसोपोलिसलगायतका ठूलो क्षेत्रमा बाढी र पहिरो गएको थियो । यहाँका राष्ट्रपति जयर बोलोस्नारोले शुक्रबार सो बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो । उनले सो क्षेत्रमा निकै क्षति पुगेको बताउँदै आफूले आफ्नो जीवनमा बाढीको यस्तो वितण्डा कहिल्यै नदेखेको बताएका छन् । ब्राजिलका अधिकारीले यहाँ अरु केही व्यक्ति हराएका छन् । त्यस्तै सयौँ व्यक्तिलाई उद्धार गरिएको छ । वर्षा जारी नै रहेको पनि अधिकारीहरुले जनाएका छन् ।– रासस/सिन्ह्वा