सोसल मिडिया
Contact Us
युनिकोड
चीने (बेइजिङ), ८ फागुन । चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसङ्घ मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सिनजियाङ भ्रमण गर्न सक्ने तर बेइजिङले यस क्षेत्रमा कुनै पनि अनुसन्धानलाई स्वागत नगर्ने बताएका छन् । म्युनिख सुरक्षा सम्मेलनमा भिडियोद्वारा ब्याचेलेटलाई प्रतिबन्ध छ कि छैन भनेर सोध्दा भने विदेशमन्त्री वाङले “(चीन) सबै प्रकारका पूर्वाग्रह र अनावश्यक आरोप अस्वीकार गर्दछ,” भन्ने टिप्पणि गरेका छन् । अधिकारवादी समूह र अमेरिकाले चीनले जातीय उइगर विरुद्ध नरसंहार गरेको आरोप लगाएपछि यो प्रतिक्रिया आएको हो । चीनमाथि उइगर र अन्य अल्पसङ्ख्यक समूहमाथि व्यापक दुव्र्यवहार गरेको आरोप लगाइएको छ जसमा यातना, जबरजस्ती श्रम र १० लाख मानिसलाई नजरबन्द शिविरमा थुनिएको आरोप छ । गैर–सरकारी संस्था र सञ्चारमाध्यमले चिनियाँ अधिकारीले धेरै गम्भीर मानवअधिकार उल्लङ्घन गरेको प्रतिवेदन तयार पारेका छन् । यसमा सिनजियाङ (उइघुर क्षेत्र)मा लाखौँ उइघुर र अन्य टर्किक समूहको मनमानी नजरबन्द, यातना र जबरजस्ती श्रम समावेश छ । हङकङमा स्वतन्त्र मिडिया, लोकतान्त्रिक संस्था र कानुनको शासनको पतन; उच्च–प्रविधि निगरानी प्रणालीले अधिकारीलाई शान्तिपूर्ण आचरण ट्र्याक गर्न र अन्यायपूर्णरूपमा अभियोजन गर्न सक्षम बनाउन सहयोग पुर्याउँने बताइएको छ ।– रासस/एएनआई