नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

आइतबार, फागुन ८, २०७८
Global Ime Bank

नर्वेे (ओस्लो), ८ फागुन । नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले शनिबार ओस्लोले आतङ्कवादको लागि संयुक्त राष्ट्रसङ्घ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन् ।  विदेशमन्त्री हुइटफेल्डले म्युनिख सुरक्षा सम्मेलनमा “अफगान परकम्पः एशेजबाट एशेज सम्म ?” “हामी तालिबानेलाई मान्यता दिन अनिच्छुक छौँ र त्यसो गर्दैनौं,” भन्ने धारणा राखेको स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ ।  अफगानिस्तानमा तालिबानको सत्ताआरोहण अगस्टको मध्यमा भएको थियो जसले आर्थिक अव्यवस्था र गम्भीर मानवीय सङ्कट निम्त्याएको छ । सेप्टेम्बरको शुरुमा, तालिबान नेतृत्वले पहिलो तालिबान सरकारका प्रमुख सदस्य मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठनको घोषणा गरेको थियो ।  अफगानिस्तानको इस्लामिक इमिरेट्सको पुनःस्थापनाको घोषणा डिसेम्बरमा गरिएको थियो तर अझै पनि त्यसले अत्यन्तै आवश्यक अन्तरराष्ट्रिय मान्यता प्राप्त गर्न सकेको छैन ।– रासस/एएनआई
 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार