कोरोना संक्रमणबाट दुई चिकित्सकको मृत्यु 

मंगलबार, मंसिर २, २०७७

काठमाडौं । बिरामीको उपचारकै क्रममा कोरोना संक्रमण भएका दुई जना डाक्टरको मृत्यु भएको छ । कोरोना संक्रमणपछि मृत्यु हुनेमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापकसमेत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा नारायणबहादुर थापा छन् । डा.झाको मंसिर १ गते सोमबार बिहान मृत्यु भएको हो भने डा.थापाको आइतबार राती मृत्यु भएको हो । 
बिरामीको उपचारकै क्रममा उनीहरुको निधन भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले दुःख प्रकट गरेको छ । 

थपिए ११९७ कोरोनाभाइरस संक्रमित 
नेपालमा सोमबार १ हजार १९७ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोमबार कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरि ४,८३२ जनाको परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमित फेला परेका हुन् काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल संख्या दुई लाख दश हजार नाघेको छ । अहिले पुष्टि भएका ३३,३७९ जना सक्रिय सङ्क्रमित छन् । तर पर्याप्त परीक्षण नभएकाले सङ्क्रमितको संख्या धेरै भएको हुनसक्ने विज्ञहरूको भनाइ छ । सरकारको तथ्यांकअनुसार शनिवारसम्म नेपालमा १,२३० जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । अहिलेसम्म कुल १७६,३६४ जना निको भएको सरकारी तथ्यांक छ । सङ्क्रमितहरू निको हुने दर ८३.६५ प्रतिशत पुगेको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७  ०७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार