सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मोदीले सोमबार ट्वीट गर्दै आफूले बिहान एम्स अस्पतालमा कोभिड खोपको पहिलो मात्रा लगाएको जानकारी दिएका हुन् । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार प्रधानमन्त्री मोदीले भारतको स्वदेशी उत्पादन कोभ्याक्सीन लगाएका हुन् । यो भ्याक्सिन भारतीय कम्पनी बायोटेकले निर्माण गरेको हो । मोदीले ट्वीटरमा लेखेको छन्, ‘हाम्रा चिकित्सक तथा वैज्ञानिकहरुले कोभिड–१९ विरुद्धको विश्वकै लडाई अझ बलियो बनाउन तीब्र रुपमा काम गरिरहेका छन् भन्ने यो महत्वपूर्ण कुरा हो ।’ उनले भारतीय आम नागरिकलाई कोरोना भ्याक्सिन लगाउन पनि अपिल गरेका छन् । ‘हामी सबै मिलेर भारतलाई कोभिड–१९ मुक्त बनाउने अभियानमा हिँड्यौं’ उनले भनेका छन् ।