ब्राजिलको पहिरोमा अझै १९१ वेपत्ता

आइतबार, फागुन ८, २०७८
Global Ime Bank

रियो दि जेनेरियो, ८ फागुन : ब्रजिलको पेट्रोपोलिस सहरमा चार दिनअघि गएको बाढी पहिरोमा अझै २०० जना हराइरहेको विवरणहरु सार्वजनिक भएका छन् । मुसलधारे बर्षाका कारण आपतकालीन समूहहरुलाई बाढीमा फँसेको व्यक्तिको उद्दारमा कठिनाइएको छ । बाढी पहिरोमा पुरिएका व्यक्तिको जीवितै उद्दारको आशा अब हराउन थालेको समूहहरुले बताएका छन् । 

बाढीमा २७ बालबालिकासहित १४६ जनाको मृत्यु भएको र १९१ जना अझै हराइरहेका अधिकारीहरुले बताएका छन् । 

९०० भन्दा बढीलाई विद्यालय र आश्रयहरुमा राखिएका छन् । शनिबार कामदारहरूले बाक्लो कुहिरोमा भग्नावशेष र हिलोबाट कोदालो र बेल्चाले खनेका थिए । उद्दार कार्यमा स्वंयमसेवकहरुको समूहले पनि सहयोग गरेको छ । केही क्षेत्रमा हाते औजारले खोजेलेर हराइरहेका व्यक्तिको खोजी भइरहेको छ । उद्दारमा ४२ ओटा सुँघ्ने कुकुरहरू परिचालन गरिएका छन् । 

‘यहाँ ठूला औजारहरु ल्याउन असम्भव छ,’स्थानीय अग्नि विभागको विशेष उद्दार समूहका संयोजक रोबेर्टो अमरालले भने, ‘त्यही भएर हामीले कमिलाले जस्तै काम गरेका छौं ।’- एजेन्सी

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार