मेक्सिको नीतिबारे ट्रम्प–युगको अवशेष अन्त्यका लागि सुनुवाइ गर्न अमेरिकी सर्वोच्च अदालत सहमत

आइतबार, फागुन ८, २०७८
Global Ime Bank

वासिङ्टन (अमेरिका), ७ फागुन । अमेरिकी सर्वोच्च अदालतले मेक्सिको नीतिबारे ट्रम्प–युगको अवशेषलाई खारेज गर्न बाइडेन प्रशासनको तर्क सुन्न सहमत भएको छ । अदालतले शुक्रबारको दिन मुद्दा दायर गरेको हो । “उत्प्रेषण रिटको लागि निवेदन दिइएको छ । यो मुद्दा २०२२ एप्रिलको दोस्रो साता सुनुवाइका लागि तय गरिनेछ ।”   अगस्टमा टेक्सास राज्यको अमेरिकी सङ्घीय अदालतले मेक्सिको नीतिको अवशेषका रूपमा चिनिने प्रवासी संरक्षण प्रोटोकल (एमपीपी) पुनः सुरु गर्ने आदेश बाइडेन प्रशासनलाई दिएको थियो ।
अमेरिकी सर्वोच्च अदालतले कार्यक्रम अन्त्य गर्ने वाइडेन प्रशासनको प्रारम्भिक प्रयासलाई अस्वीकार गरेपछि सो निर्णय आएको हो ।
यस नीतिलाई अन्त्य गर्न आफ्नो तर्क पुनरावलोकन गर्न डिसेम्बरको अन्ततिर फेरी बाइडेन प्रशासनले सर्वोच्च अदालतलाई आग्रह गरेको थियो । ट्रम्प प्रशासनले एमपीपी कार्यक्रम रोक्दा ६० हजारभन्दा बढी शरण खोज्ने प्रवासीलाई मेक्सिको फर्काइएको थियो ।
मेक्सिकोको सिमानामा रहेका प्रवासी आश्रय असाध्यै विचलित भए र प्रवासी आफँैले लुटपाटको सामना गर्नुप¥यो वा आपराधिक गिरोहद्वारा अपहरण गरियो । तथापि, यस नीतिले अमेरिकी दक्षिणी सिमानामा आइपुगेका प्रवासीको ओइरोलाई रोकिरह्यो । 
मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा अवैध यात्रा गर्ने उल्लेख्य रहेको बाइडेन प्रशासनले बताएको छ । अमेरिकी सीमा क्षेत्र र सीमा सुरक्षाका अनुसार आर्थिक वर्ष २०२१ मा १५ लाख बढी दस्तावेज नभएका आप्रबासी नागरिक मेक्सिको हुँदै संयुक्त राज्य अमेरिका गएका छन् ।– रासस/एएनआई
 
 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  ०७:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार