थपिए ११९७ जना संक्रमित

४८३२ नमुना परीक्षण
सोमबार, मंसिर १, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार १९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९४३ जना क्रमणमुक्त भएका छन् । हाल देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित छन् ।
आइतबार १ हजार ४७७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो भने ६ जनाको मृत्यु भएको थियो । काठमाडौं उपत्यकामा सङ्क्रमित फेला पर्ने क्रम जारी छ । सङ्क्रमितहरू निको हुने दर ८१.९५ प्रतिशत छ । चाडबाडका बेला परीक्षणको संख्यामा कम भएको देखिन्छ । तर परीक्षण गरिएका नमुनामा उच्च मात्रामा सङ्क्रमण पुष्टि हुने क्रम केही सातादेखि चलिरहेको तथ्याङ्कले देखाउँछ ।


 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७  १७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार