सोसल मिडिया
Contact Us
युनिकोड
मनिला, ६ फागुन । मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा शुक्रबार बिहानै कार कंक्रिटको अवरोधमा ठोक्किँएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु भएको अधिकारीले बताएका छन् । वायुसेनाले स्थानीय समय अनुसार बिहान ३ बजे (१९०० जीएमटी) केही समय अगाडि दुर्घटना हुँदा कारमा चार सैनिक रहेको बताएको छ । “दुर्घटनामा फिलिपिन्स वायुसेनाका चारजना कर्मचारी थिए । तीन जनाको मृत्यु भएको पुष्टि भएको छ,“ सैनिकले जनाएको छ । दुर्घटनामा घाइते भएका चालकको राजधानी क्षेत्रको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यो घटना के कारणले भयो भन्ने परिस्थितिको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन’ वायुसेनाले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।– रासस/सिन्ह्वा