ओटावामा प्रदर्शनकारीविरुद्ध ‘आकस्मिक’ कारबाही गर्ने क्यानाडाली प्रहरीको योजना

शुक्रबार, फागुन ६, २०७८
Global Ime Bank

ओटावा (क्यानाडा), ६ फागुन । क्यानाडाका कानून प्रवर्तन एजेन्सीहरूले ओटावामा विरोध प्रदर्शनमा सहभागी विरुद्ध “आकस्मिक“ कारबाही गर्ने तयारी गरिरहेका छन् । ओटावा प्रहरी प्रमुख स्टीव बेलका अनुसार प्रदर्शनकारीले कोभिड–१९ विरुद्धका नियन्त्रणात्मक र प्रतिबन्धात्मक आदेशको खारेजीको माग गरिरहेका छन् । “हामीले हाम्रा स्रोत बलियो बनाउँदैछौं, स्पष्ट योजना विकास गर्दैछौं र कारबाही गर्ने तयारी गरिरहेका छौं,“ बेलले बिहीबार पत्रकार सम्मेलनमा  सो कुरा बताएका हुन् । ओटावा पुलिस सेवा (इएक्) लाई देशको सङ्घीय पुलिस बल, रोयल क्यानेडियन माउन्टेड पुलिस (च्ऋःए), ओन्टारियो प्रान्तीय पुलिस (इएए) र ओन्टारियो र क्युबेकका अन्य कानून प्ररिवर्तन एजेन्सीहरूले सहयोग रहने, बेलले जनाएका छन् ।–एएनआई/स्पुतनिक
 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १७:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार