सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ, ६ फागुन । चीनमा स्थानीयस्तरका ४० जना कोरोना भाइरसका सङु्क्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका सहरहरुमा ती सङ्त्रमित भेटिएका हुन् । नेशनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार तीमध्ये कतिपय नागरिक बाहिरबाट आएका पनि रहेका छन् । साङ्घाइमा देशबाहिरबाट आएका केही सङ्क्रमित फेला परेका पनि अधिकारीले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार अहिले चीनमा एक हजार ४०० भन्दा केही बढी सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये २५ जनाको अवस्था गम्भीर छ । चीनले पछिल्लो समयमा जनस्वास्थ्यका मापदण्डमा निकै कडाइ गर्नुका साथै अन्य सतर्कताका कारण धेरै नागरिकमा यो सङ्क्रमण सर्न पाएको छैन । चीन सरकारले नागरिकलाई कोरोनाशिरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको जनाएको छ ।– रासस/सिन्ह्वा