सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली, ५ फागुन । भारतका विदेशमन्त्री एस जयशंकरले जर्मनी र फ्रान्सको औपचारिक भ्रमण गर्ने भएका छन् । उनले यही फेब्रअरी १८ देखि २३ सम्म दुवै देशको भ्रमण गर्ने तय भएको भारतको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । “विदेश मन्त्री जयशंकरले जर्मनी र फ्रान्सको भ्रमण गर्ने तय भएको छ,” मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले नियमित साप्ताहिक पत्रकार सम्मेलनमा भने । भ्रमणका क्रममा उनी विभिन्न कार्यक्रम तथा सम्मेलनमा सहभागी हुनुका साथै उच्चस्तरीय भेटवार्तासमेत गर्ने तय भएको छ । विदेश मन्त्रालयका अनुसार उनले सो अवसरमा दुई पक्षीय हित, आपसी सम्वन्ध, सहकार्य र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सरोकारका विषयमा पनि छलफल गर्नेछन् ।–रासस/एएनआई