युद्ध टार्न विशेष पहलको आग्रहसहित राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

बिहीबार, फागुन ५, २०७८
Global Ime Bank

काठमाडौं, ५ फागुन । मानव अधिकार तथा शान्ति समाजले रुस र युक्रेनबीचको तनाव कम गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गर्दै प्रदर्शन गरेको छ ।  समाजले आज ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघीय कार्यालय अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा शान्तिवादीहरुले युद्ध टार्न तथा शान्ति प्रवद्र्धन गर्नको लाग आवश्यक पहल गर्न राष्ट्रसंघलाई आग्रह गरेका थिए ।  प्रदर्शन पश्चात रुस–युक्रेनबिच बढ्दो तनाव कम गर्न राष्ट्रसंघले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै समाजका तर्फबाट राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको पत्र नेपालस्थित राष्ट्रसंघ कार्यालयमा हस्तान्तरण गरिएको थियो । प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल, सदस्यता अपिल समिति संयोजक बलबहादुर गाहा मगर, कोषाध्यक्ष जगन्नाथ पुडासैनी लगायतको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार