युक्रेनको सीमाबाट रुसी सेना हटेको दाबी झूट : अमेरिका

बिहीबार, फागुन ५, २०७८
Global Ime Bank

मस्को, ५ फागुन : युक्रेनसँगको सिमानाबाट आफ्ना सेनाहरू हटाउँदै गरेको रुसी दाबी ‘झूटो’ भएको अमेरिकी  एक वरिष्ठ अधिकारीले बताएका छन् । पछिल्ला दिनमा थप ७ हजार रुसी सेना सीमामा थपिएकोसमेत उनले दाबी गरेका छन् । 

युक्रेनमा कुनै पनि बेला अतिक्रमण गर्न रुसले ‘झुट’ बहाना गर्न सक्ने ती अधिकारीले बताएको बीबीसीले जनाएको छ । 

पत्रकारहरुसँग कुराकानी गर्दै ती अधिकारीले  ‘युक्रेनसँगको सीमाबाट रुसी सेना फर्किएको’ भन्ने रुसी दाबीमाथि शंका गरे । 

‘त्यो दावीको लागि उनीहरुले संसारभरको ध्यानकर्षण गरेका थिए । हामीलाई थाहा छ की  त्यो गलत हो’, उनले भने ।- एजेन्सी

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार