बेलायती कूटनीतिज्ञ रिचर्ड मोरिसले आत्महत्या गरेको निष्कर्ष

बुधबार, फागुन ४, २०७८
Global Ime Bank

लण्डन, ४ फागुन । ब्रिटेनको कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका एक जना कूटनीतिज्ञले ‘गम्भीर तनाव’ का कारण आत्महत्या गरेको अदालती न्यायिक अनुसन्धानले देखाएको छ । रिचर्ड मोरिसको शव बेन्ट्ली ह्याम्पसीअरस्थित आफ्नै घरनजिकै अगस्ट २०२० मा फेला परेको थियो । मोरिस, ५२, उक्त क्षेत्रमा सन् २०२० मे ६ मा अन्तिम पटक दौडिरहेको अवस्थामा देखिएका थिए । 
उनले दैनिक लामो समयसम्म काम गर्नुपरेको, यूकेले कोरोनाभाइरसको महामारीको शक्तिशाली पहिलो लहरको सामना गरिरहँदा उहाँले मन्त्रीहरूलाई दिने बिफ्रिङको समन्वय गर्नु परिरहेको उक्त सुनुवाइलाई जानकारी गराइएको थिए । मङ्गलबार उक्त सुनुवाइको अध्यक्षता गरिरहेका कोरोनरले मोरिसले यूकेको विदेश मन्त्रालयमा काम गर्दा तनाव बेहोरेपछि भविष्यका चिन्ताका माझ आफ्नो ज्यान आफैँ लिएको ठहर गरेका बीबीसीले जनाएको छ । वरिष्ठ कोरोनर क्रिस्टोफर विल्किन्सनले भने, “रिचर्ड मोरिसले गम्भीर र निरन्तर तनाव बेहोरेपछि आफ्नो ज्यान आफैँ लिए । रिचर्डले बृहत् कार्यदल र एफसीडीओले एकदमै द्रुत रफ्तारमा फैलिरहेको महामारीको अप्ठेरो परिस्थितिमा काम गरिरहेको म बुझ्न सक्छु ।” उनका सहकर्मीहरूले उनी साँच्चै नै मानिसहरूमा रुचि राख्ने र भाषाको अवरोध हुँदासमेत उनमा दया र करुणा प्रस्ट झल्कने गरेको बताएका छन् ।– रासस/एएफपी
  
 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  २२:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार