राजकुमार चाल्र्सको परोपकारी संस्थामा बेलायती प्रहरीद्वारा छानबिन सुरु 

बुधबार, फागुन ४, २०७८
Global Ime Bank

लन्डन, ४ फागुन । बेलायती प्रहरीले बुधबारको दिन एक साउदी व्यापारीसँग सम्बन्धित सम्मानस्वरूप प्राप्त नगद भनिएको मुद्दामा राजकुमार चाल्र्सको परोपकारी संस्थामाथि छानबिन सुरु गरेको बताएको छ । “यो निर्णय सेप्टेम्बर २०२१ को पत्रको मूल्याङ्कनपछिको हो । यो सम्मानबारे सञ्चारमाध्यममा आएको रिपोर्ट सम्बन्धित एक साउदी नागरिकका लागि सम्मान र नागरिकता प्राप्त गर्न सहायताको प्रस्ताव गरिएको आरोप लगाइएको स्कटल्याण्ड यार्डले जनाएको छ । आरोपबारे सावधानीका लागि गिरफ्तार वा अन्तरवार्ताहरू नभएका प्रहरीले जनाएको छ ।  आरोपहरूको आन्तरिक जाँचपछि गत वर्ष ‘द प्रिन्स फाउन्डेशन’का प्रमुखले राजीनामा दिएका थिए ।
यस फाउन्डेशनका प्रमुख कार्यकारी माइकल फासेटले सुरुमा एक साउदी नागरिकसँग आफ्नो सम्बन्धबारे अखबारको खुलासापछि आफ्नो जिम्मेवारी निलम्बन गर्न सहमत भएका थिए ।
ती व्यक्ति, व्यापारी महफूज मारे मुबारक बिन महफूजले चाल्र्सलाई उहाँको रोजाइको एक पुनः स्थापना परियोजनाका लागि ठूलो रकम अनुदान दिएको दाबी गरिएको छ । 
दशकौंदेखि रानी एलिजाबेथ द्वितीयको उत्तराधिकारीको नजिक रहेका ‘प्रिन्स अफ वेल्स’का भूतपूर्व निजी सहयोगी फाउसेटले महफूजका लागि शाही सम्मान र बेलायती नागरिकतासमेत प्रदान गर्न समन्वय गरेको आरोप लगाइएको छ । रिपोर्टअनुसार महफूजले कुनै पनि गलत काम नभएको भन्दै आरोपको खण्डन गरेका थिए ।  राजकुमार चाल्र्सको फाउन्डेशनले बेरोजगार मानिसहरूलाई काममा फर्कन र साना व्यवसायहरू सुरु गर्न मद्दत गर्छ । संस्थाले दाबीहरूलाई ‘अत्यन्तै गम्भीरतापूर्वक’ लिएको बताएको छ ।– एएफपी
 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  २२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार