'स्थानीय निर्वाचन सार्न माग गर्दै परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश'

बुधबार, फागुन ४, २०७८

काठमाडौं, ४ फागुन : आगामी वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तह निर्वाचन रोक्न मागसहित परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

वैशाख ३० गते आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहा नगरपालिका मेयर सञ्जिवकुमार शाहले दिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले बुधबार आदेश दिएको हो । यसका साथै यही प्रकृतिका अन्य रिट भए पनि दर्ता गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार