सोसल मिडिया
Contact Us
युनिकोड
याङ्गुन, ४ फागुन । म्यानमारमा बुधबार बिहान देशको उत्तर भागमा उडान गर्न लाग्दा एक सैन्य जेट “प्राविधिक विफलता“ पछि दुर्घटनाग्रस्त भएको सरकारको सूचना टोलीले एक विज्ञप्तिमार्फत जनाएको छ । मन्डालयनजिकैको टाडा–यू एयर फोर्स बेसबाट उडान गरिरहेको जेटले “आज बिहान १०ः४३ बजेसम्पर्क विच्छेद गरेपछि सागिङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको विज्ञप्तिमा जनाइएको छ । पाइलटको खोजी र उद्धार भइरहेको जनाइएको छ । जारी विज्ञप्तिका अनुसार पाइलटले गैर–लडाइँ प्रशिक्षण मिसन उडान गरिरहेको थियो । गत जुनमा, एक धार्मिक कार्यक्रममा एक वरिष्ठ भिक्षु र धेरै दातालाई लिएर म्यानमारको सैन्य विमान देशको मध्यक्षेत्रमा दुर्घटना हुँदा १२ को मृत्यु भएको थियो । सन् २०१७ मा एक सैन्य विमान अण्डमान सागरमा भएको दुर्घटना देशको इतिहासमा सबैभन्दा घातक उड्डयन दुर्घटनामध्ये एक रहेको थियो । यस विमानमा रहेका सबै १२२ व्यक्तिको मृत्यु भएको थियो । यस दुर्घटनाको कारण अधिकारीले खराब मौसमलाई दिएका थिए ।–रासस/एएफपी