भारतमा बुधबार थपिए ३० हजारभन्दा बढी नयाँ सङ्क्रमित

बुधबार, फागुन ४, २०७८
Global Ime Bank

नयाँदिल्ली, ४ फागुन । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ६१५ कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले बुधबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरुभएयता हालसम्म चार करोड २७ लाख २३ हजार ५५८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । 
सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ८२ हजार ९८८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड १८ लाख ४३ हजार ४४६ सङ्क्रमण मुक्त भएका छन् । 
अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ७० हजार २४० रहेको छ । 
कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ५१४ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख नौ हजार ८२७ जनाको मृत्यु भइसकेको छ ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार