युक्रेनमा अनावश्यक यात्रा नगर्न भारतीय दूतावासको सुझाव

मंगलबार, फागुन ३, २०७८

किभ, ३ फागुन । युक्रेनस्थित भारतीय दूतावासले एउटा एडभाइजरी जारी गर्दै त्यहाँ भएका भारतीय नागरिकहरु विशेषगरी विद्यार्थीले अस्थायी रुपमा देश छोड्न सक्ने जनाएको छ । रसिया र युक्रेनबीच तनाव बढिरहेका बेला दूतावासले आफ्ना नागरिकहरूलाई त्यस्तो सुझाव  दिएको हो । ‘भारतीय नागरिकहरूलाई युक्रेनमा उनीहरूको उपस्थितिको अवस्थाबारे  दूतावासलाई जानकारी गराउन अनुरोध गरिएको छ ।’ सुझावमा भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार