रुसमा एकैदिनमा थपिए साढे ११ हजार सङ्क्रमित

शनिबार, फागुन १५, २०७७

मस्को ।रुसमा कोरोनाभाइरसबाट थप ११ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५३४ जना सङ्क्रमित भएका हुन् । यो सङ्ख्या अघिल्लो दिनको भन्दा बढी हो । अघिल्लो दिन ११ हजार ८७ जना सङ्क्रमित भएको तथ्याङ्क छ । योसँगै रुसमा शनिबारसम्म कुल सङ्क्रमितको सङ्ख्या ४२ लाख ३४ हजार ७२० पुगेको अधिकारीले जनाएका छन् । नयाँ सङ्क्रमितमध्ये राजधानी मस्कोमा मात्रै एक हजार ८२५ जना रहेका छन् । मस्कोमा अघिल्लो दिन त्योभन्दा थोरै अर्थात एक हजार ३३६ जना सङ्क्रमित भएका थिए ।  मस्कोपछिको धेरै सेन्ट पिटर्सवर्गमा सङ्क्रमित भेटिएका छन् । त्यहाँ ९५१ जना सङ्क्रमित भएको तथ्याङ्कमा उल्लेख छ । 
रुसमा कोरोनाभाइरसका कारण अहिलेसम्म ८५ हजार ७४३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।–एएनआई

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  २०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार