चीन भ्रमण उपलब्धिमूलक भएको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ

सोमबार, फागुन २, २०७८

इस्लामावाद, २ फागुन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तरक्रियामा आइतबार सो कुरा बताएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री खानले यही फेब्रुअरी ३ देखि ६ तारिखसम्म चीनको भ्रमण गर्नुभएको थियो । सो भ्रमणका क्रममा आफूले चीनसँग विभिन्न आर्थिक मुद्दामा कुराकानी गरेको पनि बताएका छन् ।  प्रधानमन्त्री खानले सो भ्रमणबाट पाकिस्तानमा चिनियाँ लगानीका क्षेत्रमा ढोका खुलेको जानकारी पनि उनले दिएका छन् । उनी बेइजिङ ओलम्पिकको उद्घाटनका क्रममा पनि सहभागी भएका थिए । भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  २२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार