अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता

सोमबार, फागुन २, २०७८

किभ, २ फागुन । अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका बीचमा फोनमा वार्ता भएको छ । युक्रेनमा पछिल्लो समयमा देखिएको सुरक्षा अवस्थाका बारेमा उनीहरुबीच आइतबार फोनवार्ता भएको हो । यस विषयमा कुराकानी गर्नका लागि अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्किीलाई फोन गरेको ह्वाइट हाउसले जानकारी दिएको छ । रुसका कारण यतिबेला युक्रेनमा सुरक्षा खतराको अवस्था देखिएको बताइएको छ । अमेरिकाले रुसले जुनसुकै बेला पनि युक्रेनमाथि हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने जनाएको छ । यही कारण दर्साएर एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन् । समाचार स्रोतहरुले अमेरिकाले किभबाट आउँदो ४८ घण्टामा आफ्ना सबै कर्मचारीलाई फिर्ता लैजाने तयारी गरिरहेको जनाएका छन् । तर सो समाचारको स्वतन्त्र रुपमा पुष्टि हुन भने सकेको छैन ।
यसअघि देखि नै अमेरिका, बेलायतलगायतका कतिपय पश्चिमा देशहरुले पनि युक्रेनबाट आफ्ना कर्मचारीहरु फिर्ता लगेका छन् ।
उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसी हमलाको योजनाबारे आफूले कुनै प्रमाण नदेखेको बताएको छन् ।
आइतबार भएको दुई देशका राष्ट्रपतिबीचको फोनामा युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको ह्वाइट हाउसले जानकारी दिएको हो ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  २२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार