टर्कीका राष्ट्रपति एक दशकपछि यूएईको भ्रमणमा

सोमबार, फागुन २, २०७८

अबुधाबी, २ फागुन । टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगान सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा आएका छन् । झन्डै एक दशकपछि उनले पहिलो पटक यूएईको भ्रमण गरेका हुन् । महत्वका साथ हेरिएको यो भ्रमणका क्रममा राष्ट्रपति एर्दोगानले अरब क्षेत्रका विभिन्न विषयसँगै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय र आपसी दुई पक्षीय विषयमा छलफल गर्नेछन् ।  अहिलेको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ राम्रो बनाउन ठूलो सहयोग हुने विश्वास लिएको छ,ु अब दुई देशको सम्बन्धमा नयाँ युग सुरु हुने अपेक्षा छ, राष्ट्रपति एर्दोगानले भने । 
दुईदिने भ्रमणका लागि अबुधाबी प्रस्थान गर्नुअघि टर्कीको राजधानी इस्तानबुलस्थित विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले युएईको भ्रमण गर्न पाउँदा आफू उत्साहित भएको पनि बताएका थिए । टर्कीको उच्चस्तरीय सरकारी टोलीले यसअघि सन् २०१३ मा यूएईको भ्रमण गरेको थियो । लामो समयपछि भएको अहिलेको भ्रमणले दुई देशका बीचमा नयाँ सहकार्य र सहमतिहरू हुनसक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  २२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार