पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारी अस्पतालमा स्थानान्तरण

सोमबार, फागुन २, २०७८

लाहोर, २ फागुन । पाकिस्तानका पूर्वराष्ट्रपति असिफ अली जर्दारीलाई अस्पताल स्थानान्तरण गरिएको छ । पाकिस्तान पिपुल्स पार्टीका सहसंयोजकसमेत रहनु भएका जर्दारीलाई लाहोरीस्थत निजी अस्पतालमा आइतबार राति भर्ना गरिएको हो । जर्दारीका चिकित्सकले स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार र परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् ।  जर्दारी र उनकी बहिनीविरुद्ध झुटा बैंक खातामार्फत आर्थिक अवस्था लुकाएको आरोप लागेको थियो ।  उनले यसअघि पनि भ्रष्टाचारको मुद्दामा जेल सजाय भोगेका थिए । उनी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए । आफ्नी पत्नी पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोको हत्यापछि उनी राष्ट्रपति बनेका हुन् ।– रासस/एएनआई

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  २२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार