कोभिडबाट ज्यान गुमाउने परिवारलाई राहत

शनिबार, फागुन १५, २०७७

टिस्टुङ । मकवानपुरको थाहा नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम वितरण गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रमअनुसार ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको हो । कोरोना भाइरसका कारण ज्यान गुमाएमा प्रतिपरिवार एक लाख रुपैयाँ दिने सातौँ नगरसभाले निर्णय गरेको थियो । थाहा नगरमा कोरोना सङ्क्रमणका कारण हालसम्म पाँच जनाले ज्यान गुमाएका छन् । ज्यान गमाएका परिवारलाई नगरप्रमुख लवशेर विष्ट तथा प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले राहत रकमको चेक हस्तान्तरण गरेका हुन् । –रासस
 

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार