यमनमा राष्ट्रसंघका पाँच कर्मचारी अपहरणमा

आइतबार, फागुन १, २०७८

साना–दक्षिणी यमनमा राष्ट्रसंघका पाँच जना कर्मचारी अपहरणमा परेका छन् । फिल्ड मिसन सकेर फर्किने क्रममा उनीहरु अपहरणमा परेको राष्ट्रसंघले जनाएको छ । अब्यान प्रशासकीय क्षेत्रबाट उनीहरु अपहरणमा परेको यमनस्थित राष्ट्रसंघका एक उच्च अधिकारीका प्रवक्ता रसेल गिकाइले जानाकारी दिए ।

‘अपहरित कर्मचारीहरुको रिहाईका लागि राष्ट्रसंघ अधिकारीहरुसँग नियमित सम्पर्कमा छ ।’ गिकाइले भने । साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा इरानसँगको गठबन्धन गरेको हुथी समूहविरुद्ध सन् २०१५ देखि लडिरहेको छ ।  हुथी विद्रो्हीले राजधानी सानाबाट सरकार अपदस्थ गरेपछि सन् २०१५ मा गठबन्धनले यमनको गृहयुद्धमा हस्तक्षेप गरेको थियो । द्वन्द्वका कारण दशौं हजार मानिस मारिएका छन् भने लाखौं विस्थापित भएका छन्, जसका कारण गम्भीर मानवीय संकट उत्पन्न भएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार