म्यानमारको सैनिक सरकारको एक बर्ष, ८०० भन्दा बढी कैदी रिहा 

शनिबार, माघ २९, २०७८

याङ्गोन, २९ माघ । म्यानमारको सैनिक (जुन्टा) सरकारले सत्ता सम्हालेको एक बर्ष पूरा भएको छ । सरकारले ८०० भन्दा बढी कैदीबन्दीलाई शनिबार आममाफीको घोषणा गरेको छ । म्यानमारले देशको संघीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा आममाफीको घोषणा गरेको हो । म्यानमारको निर्वाचित सरकारलाई अपदस्थ गरेको बर्ष दिन पुग्दा सैनिक प्रशासनले राजधानीमा परेडका साथै विशाल प्रदर्शन छ ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार गत वर्षको सैन्य ‘कू’ देखि नै म्यानमारमा ठूलो समूहले सरकारविरोधी प्रदर्शन गर्दै आएको छ । देशभर आम विरोध प्रदर्शन र त्यसपछिको सैन्य दमनमा एक हजार ५०० भन्दा बढी नागरिकहरूको ज्यान गएकोे छ ।
जुन्टा प्रमुख मिन आङ हलिङले ८१४ कैदीहरूका लागि ‘माफी आदेश’ जारी गर्नुभएको राज्य सञ्चालित सञ्चार माध्यमले ७५ औं संघीय स्वतन्त्रता दिवसका अवसरमा अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेका छन् । यस्तै सात विदेशी पनि रिहा भएका छन् । जुन्टा प्रवक्ता जाउ मिन टुनले एएफपीसँग भन्नुभयो, म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी र विभिन्न जातीय समूहहरूबीच बेलायती शासनबाट स्वतन्त्र बर्मा संघ गठन गर्ने सम्झौताको सम्झनामा म्यानमारले एक दिन बार्षिक विदा दिने र स्वतन्त्रता दिवस मनाउने गर्दछ ।
सरकारले स्वतन्त्रता दिवसका एक वर्षभन्दा बढी समयदेखि थुनामा रहेका अर्थशास्त्रका प्राध्यापक निजामती नेता आङ सान सुचीको सल्लाहकारको रूपमा काम गरिरहेका अस्ट्रेलियाली शिक्षाविद् शन टर्नेललाई रिहा गर्नेछ वा थुनामा नै राख्ने छ भन्नेबारे उले खुलाएनन् । गत फेबु्रअरीर्मा  सैनिक सरकारले उनलाई पदबाट हटाएको केही दिनपछि उनी पक्राउ गरेको थियो । 
उनलाई म्यानमारको आधिकारिक गोप्य कानुन उल्लंघन गरेको अभियोग लगाइएको छ र दोषी प्रमाणित गरिएमा उनलाई अधिकतम १४ वर्षको जेल सजाय दिनसक्ने कानुनी प्रावधान छ ।  प्रियजनहरूसँग पुनर्मिलन हुने आशामा शनिबार बिहान याङ्गोनको इनसिन जेलबाहिर लगभग १०० जना मानिसहरू भेला भएका एएफपी संवाददाताले बताएका छन् ।
यसैबीच स्थानीय समयको मध्याह्नतिर चारवटा मिनीबसहरूमा चढी जेलबाट बाहिरिएका थिए । यद्यपि आफन्तसँग पुनः मिलनको सपना लिँदै जेलसम्म पुगेका मानिसहरूको भीडले उनीहरूलाई तत्काल भेट्न भने पाएनन् । आफन्तहरूले नातेदारहरूको नाम रहेको प्लाकार्ड हल्लाउँदा भित्रका मानिसहरूले आफूहरू त्यहाँ रहेको सङ्केतमात्र गरेका देखिएको थियो ।

म्यानमारद्वारा ८२१ कैदीलाई माफीको घोषणा

म्यानमारले कारागारमा रहेका ८२१ कैदीलाई आम माफी दिइएको घोषणा गरेको छ ।  आम माफी पाएका कैदीमध्ये ८१४ स्वदेशी रहेका छन् भने सात विदेशी रहेका छन् ।  उनीहरुलाई हीरक एकता दिवको अवसरमा आम माफी दिने निर्णय सरकारले गरेको अधिकारीले जानकारी दिएका छन् ।  म्यानमारका थप छ महिनाका लागि भन्दै जनवरी ३१ देखि सङ्कटकालको समय अवधि थप गरिएको छ ।
म्यानमारको सेनाले गत वर्षको फेब्रअरी १ मा सत्ता कब्जा गर्दै सङ्कटकाल लगाएको हो । सेनाको कदमका विरुद्धमा देशभित्रका दल तथा लोकतन्त्रवादी र विश्व समुदाय विपक्षमा उभिएपनि सेना पछाडि हटेको छैन ।  त्यसअघि भएको निर्वाचनमा धाँधली भएकोले पुनःनिर्वाचन गराउनुपर्ने अडानसहित सत्ता कब्जा गरिएको सेनाको भनाइ छ ।  अन्य पक्ष, विदेशी पर्यवेक्षकले भने निर्वाचन निश्पक्ष र स्वतन्त्ररुपमा नै भएको भन्दै सेनाको आरोपको खण्डन गरेका छन् । सेनाले सत्ता कब्जा गरेपछि म्यानमारका जनता आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने अरु हजारौँ घाइते र गिरफ्तार भएका छन् ।– रासस/एएनआई

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  २१:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार