चिनियाँ वैज्ञानिकद्वारा मिलिमिटर तरङ्ग भएको सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणाली विकास 

बुधबार, माघ २६, २०७८

बेइजिङ, २६ माघ । चिनियाँ अनुसन्धानकर्ताहरूले सूर्यको बाहिरी भागको फुटेको क्षेत्रमा रहेको चुम्बकीय अवस्थाका बारेमा अनुपम जानकारी दिन मिलिमिटर तरङ्गगयुक्त सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणालीको विकास गरेको बुधबार चाइना साइन्स डेलीले उल्लेख गरेको छ ।  अधिकांश सौर्य रेडियो सुक्ष्म दर्शक यन्त्रहरू १८ गेगाहर्जभन्दा तल सञ्चालन हुन्छन् र माइक्रोवेभ स्पेक्ट्रमको पूर्ण आवृत्तिबारे थाहा पाउन सक्दैनन् । शेन्डोङ विश्वविद्यालयका अनुसन्धाताहरूले ३५–४० गेगाहर्जमा सञ्चालन हुने उच्च आवृत्ति भएको माइक्रोवेभ स्पेक्ट्रम अवलोकन प्रणाली विकास गरेको बताएका हुन् ।  सौर्य ज्वाला अन्तरिक्ष मौसमको मुख्य विनाशकारी स्रोत हो । सौर्य प्रज्वलन र कणहरूको गतिबारे अनुसन्धानका साथै अन्तरिक्षमा हुने विपद्को प्रारम्भिक चेतावनी र पूर्वानुमानका लागि यो प्रणाली लागू गर्न सकिन्छ । एस्ट्रोफिजिकल जर्नलमा हालै प्रकाशित अनुसन्धान लेखका अनुसार यस प्रणालीले २५औँ सौर्य चक्रमा माइक्रोवेभ विस्फोट अध्ययनमा महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  २१:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार