कोलम्बियामा पहिरोमा परी १४ जनाको मृत्यु, ३० जना घाइते, अझै  केही बेपत्ता

बुधबार, माघ २६, २०७८

बोगोटा, २६ माघ । कोलम्बियाको पश्चिमी क्षेत्र डस्कोब्रेदासमा मंगलबार बाढीपछिको पहिरोमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको छ । कोलम्बियाको प्रकोप नियन्त्रण विभागले सो कुराको जानकारी दिएको हो । सो विभागका अनुसार उक्त क्षेत्रमा केही दिन यतादेखि जारी रहेको वर्षाका कारण त्यहाँ बाढी आएको थियो । पहिरोमा परी ३० जना स्थानीय घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याउन पनि पहिरोले बाटो बिग्रिएकाले निकै कठिन भएको बताइएको छ । त्यस्तै पहिरोमा परेर केही नागरिक अझै पनि हराइरहेका छन् । उनीहरुको खोजीका लागि सुरक्षा तथा उद्धारकर्मीहरु परिचालन गरिएको छ । भारी मात्रामा पानी पर्ने क्रम जारी नै रहेकाले अझै पनि प्रकोपको खतरा रहेको बताइएको छ । यहाँको प्रकोप नियन्त्रण विभागले नागरिकहरुलाई सतर्क रहन र घरबाट बाहिर ननिस्किन सूचना पनि जारी गरेको समाचारमा जनाइएको छ ।

पहिरोमा परी तीस घाइते
पहिरोमा परी ३० जना घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था अत्यन्त गम्भीर भएको स्थानीय एक अधिकारीले जनाएको छ ।  देशको पश्चिमी क्षेत्रमा पर्ने रिसाराल्डा अन्तर्गतको डोस्क्वेब्राडासमा घटना भएको हो ।“त्यहाँ १४ जनाको मृत्यु भएको छ, अरु ३० जनाभन्दा बढी घाइते भएका छन । घटनास्थलबाट अरु कैयौ बेपत्ता भएको र उनीहरुको खोजी कार्य भइरहेको सरकारका सचिव अल्भारो अरियसले जानकारी दिए।–रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार