भारतका १५ देखि १८ वर्षका पाँच करोडले लगाए पहिलो खोप

मंगलबार, माघ २५, २०७८

नयाँ दिल्ली, २५ माघ । भारतमा १५ देखि १८ वर्षसम्मका पाँच करोडभन्दा बढीले कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाएका छन् । ठूलो मात्रामा खोप लगाएकाहरूको सङ्ख्या देखिएकाले अव कोरोनाभाइरस विरुद्ध लड्न सजिलो हुने देखिएको अधिकारीहरूले जनाएका छन् ।   उनीहरूले यसलाई ठूलो उपलब्धिका रूपमा व्याख्या गर्दै खोप लगाउन अन्य व्यक्तिसमेतलाई अनुरोध गरेका छन् । 
भारतमा अहिलेसम्म कूल झन्डै एक सय ७० करोड मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएको अधिकारीहरूले जानकारी दिएका छन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले देशभरी एक करोड ६७ लाख ८०० भन्दा बढी खोप प्रदेश तथा राज्य सरकारहरूलाई हस्तान्तरण गरिएको जनाएको छ । भातरमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु भएको हो ।– रासस/एएनआई
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २१:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार