यौन दुव्र्यवहार भोग्नुपरेको अमेरिकी महिला कैदीको भनाइ 

मंगलबार, माघ २५, २०७८

वासिङटन, २५ माघ । क्यालिफोर्नियाको डब्लिनस्थित सङ्घीय महिला कारागारका कैदीबन्दीले आफूलाई सुधार अधिकारी तथा वार्डनले समेत ‘यौन दुव्र्यवहार’ गरेको बताएको एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ । कैदीहरूलाई ‘बोल्न खोज्दा अक्सर धम्की वा सजाय दिइयो’ भनी एपीले आइतबार सार्वजनिक एक समाचारमा उल्लेख गरेको छ ।  सङ्घीय सुधार संस्थाका कैदी तथा कामदारहरूले अमेरिकी कतिपय अधिकारीका कारण अमेरिकी जेल ‘बलात्कार क्लब’ भएको आरोप लगाएका छन् । महिला कैदी तथा कामदारको भनाइले जेलमा ‘स्वीकृत र विषाक्त संस्कृति’ भेटिने पुष्टि भएको हो । यसले जेल कर्मचारी र यहाँ सुधारका लागि राखिएका कैदीहरूद्वारा वर्षौंको ‘यौन दुराचार’ को सामना गर्नुपरेको उनीहरूले बताएका छन् । यद्यपि यस्ता दुव्र्यवहारलाई पीडितबाहेकका सर्वसाधारणको नजरबाट छिपाइने गरेको उनीहरूको भनाइ छ ।  अध्ययन रिपोर्टमा भनिएको छ, “डब्लिनमा अहिलेसम्म यी नै र यसप्रकारका दुव्र्यवहारमा दोषी चार जना गिरफ्तार भएका आरोपहरूका कारण सङ्कटग्रस्त सङ्घीय जेल ब्युरोभित्र महामारीका समय ठूलो समस्या भएको छ । सन् २०२० मा १२२ वटा जेलमा कर्मचारीहरूले गरेको यौन दुव्र्यवहारका ४२२ वटा गुनासो गरिएको थियो भने तीमध्ये चार जनालाई प्रमाणित गरिएको थियो र २९० जनामाथि अझै अनुसन्धान चलिरहेको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २१:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार