सोमालियामा खडेरीका कारण भोकमरी भएको राष्ट्रसंघको भनाई

मंगलबार, माघ २५, २०७८

मोगादिसु, २५ माघ । सोमालियामा भोकमरीका कारण ठूलो संख्याका नागरिकमा भोकमरी छाएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा यहाँ ठूलो भोकमरीका कारण कम्तीमा पनि ४३ लाख मानिस प्रभावित भएको जनाएको हो । यहाँ अघिल्लो महिनामा नै ३२ लाख मानिसलाई भोकमरीले छोएको र यो महिना अरु मानिस थपिएको राष्ट्रसंघले जनाएको छ । भोकमरीकै कारण खाना र पानी खोज्नका लागि २ लाख ७१ ह्जार मानिस त आफ्नो घर छोडेरै हिँडेको तथ्यांक राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । यो जनसंख्याका लागि आवश्यक मात्रामा सहयोगका लागि पनि सो एजेन्सीले सबै विदेशी समुदायलाई आग्रह गरेको छ । रासस
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १३:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार