स्थानीय चुनाव गर्न १० देखि १२ अर्ब लाग्ने निर्वाचन आयोगको अनुमान

मंगलबार, माघ २५, २०७८

काठमाडौं, २५ माघ । निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचनका लागि १० देखि १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । निर्वाचन आयोगका पदाधिकारीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी निर्वाचन खर्च बारे जानकारी गराएका थिए । प्रधानमन्त्रीसँगको छलफलमा आयोग पदाधिकारीले स्थानीय निर्वाचनका लागि १० देखि १२ अर्ब रुपैयाँ खर्च लाग्ने बताउँदै बजेटको बन्दोवस्त गर्न भनेका थिए । २०७४ मा सम्पन्न निर्वाचनमा ८ अर्ब रुपैयाँ खर्च भएको थियो ।  आयोगले कोभिड–१९ को प्रभावका बीच हुने निर्वाचनमा पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डका बारेमा पनि सरकारसँग छलफल गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार