गोदावरी नगरले गर्‍यो विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान

गोदावरीका सामुदायिक विद्यालय देशकै अब्बल विद्यालय
बुधबार, पुस १६, २०८२

ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पालिकाभित्रका सामुदायिक विद्यालयले संस्थागत विद्यालय सरह शैक्षिक गुणस्तर कायम राखेको दाबी गरेका छन् । गोदावरी नगरपालिकाले २०८१, एसइई २०८१ त्था एसएलसी २०८१ अन्तिम परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र एवं विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा नगर प्रमुख गजेन्द्र महर्जनले उक्त दाबी गरेका हुन् । गोदावरी नगरपालिकाको शैक्षिक उनन्यनका लागि सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण भएको बताउँदै भने, ‘सामुदायिक विद्यालयमा अहिले विद्यार्थी संख्या वृद्धि संस्था वृद्धि भएको छ, परीक्षाहरुमा ल्याउने जिपिए वृद्धि भएको छ । ’ नगरपालिकाले शिक्षा क्षेत्रलाई दिएको प्राथमिकताका कारण यो नतिजा प्राप्त भएको स्पष्ट पारे । उनले भने,‘ शिक्षा क्षेत्रको विकासको लागि नीति, नियम बनायौँ, कार्यक्रम तय गरौँ ।’ नगरपालिकाले शिक्षा क्षेत्रलाई दिएको प्राथमिकताका कारण यो उपलब्धि हासिल भएको उनले बताए । पछिल्लो समय किताब ज्ञानमा मात्रै विद्यालयहरु केन्द्रित भएको हो कि भन्ने भान भएको बताउँदै विद्यालयले संस्कारसहितको व्यवहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने भनाई उनको थियो । नगर प्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरभित्रका विद्यालयले गरेको प्रगतिले यहाँका विद्यालय देशकै अब्बल भएको पुष्टि गरेको बताए । उपप्रमुख मुना अधिकारीले गोदावरी नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएकै कारण यो उपलब्धि हासिल भएको प्रष्ट पारिन् ।संस्कारसहितको शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै विद्यालय र विद्यार्थीले जीवन उपयोगी शिक्षा अहिलेको आवश्यकता भएको धारणा राखिन् । 
गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले गुरुको महिमाको व्याख्या गर्दै मानवतासहितको संस्कारयुक्त नागरिक तयार पार्न विद्यालयको भूमिका महत्वपूर्ण भएको बताए । 
सामाजिक विकास समितिका संयोजक एवम् गोदावरी नगरपालिका वडा नं.१०का वडा अध्यक्ष शेखर न्यौपानले बजेटमा सीमितता हुँदा समेत नगरपालिकले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै भने, ‘ नीति कार्यक्रममा पनि शिक्षालाई प्राथमिकतामा राख्यौँ , कार्यान्वयनमा जोड दियौँ, त्यसैले शिक्षा क्षेत्रमा पालिकाले राम्रो उपलब्धि हासिल गरेका हौं । ’ शैक्षिक उपलब्धि हासिल गर्न भौतिक पूर्वाधारको महत्व अत्यन्तै भएको बताउँदै नगरपालिकाले पूर्वाधार निर्माणमा समेत ध्यान दिएको बताए । 

Gm-education-photo-1-1767195142.jpg
 

 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार