ललितपुर महानगर वडा ३ भित्रका विद्यालयबीच हाजिरी जवाफ प्रतियोगिता 

परिबोध प्रथम, सेन्टमेरिज दोस्रो, गोल्डेनलाई तृतीय पुरस्कार
आइतबार, पुस ६, २०८२

ललितपुर । ललितपुर महानगरपालिका ३ नं. वडा ले आयोजना गरेको वडाभित्र रहेका विद्यालयहरू बीच भएको आधारभूत तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।  उक्त प्रतियोगितामा परिबोध इङ्लिस स्कूल प्रथम, सेन्ट मेरिज स्कूल दोस्रो र गोल्डेन इङ्लिस स्कूल तेस्रो भए । महानगर ३ नं. वडा कार्यालय ३ ले विद्यालय शैक्षिक सञ्जाल सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरेको हो । वडाभित्र सामुदायिक र संस्थागत गरी १० वटा विद्यालय छन्  । प्रथम, द्धितीय र तृतीय हुने विद्यालयका सहभागी विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । पहिलो हुने विद्यालयलाई १५ हजार, दोस्रो हुनेलाई १२ हजार र तेस्रो हुनेलाई ९ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा पहिलो हुने विद्यालयका विद्यार्थीलाई जनही ५ हजार, दोस्रो हुने विद्यालयका विद्यार्थीलाई जनही ४ हजार र तेस्रो हुने विद्यालयका विद्यार्थीलाई जनही ३ हजारसहित प्रमाणपत्र दिइएको थियो । एउटा विद्यालय अन्तर्गत तीन विद्यार्थी थिए ।  विजेता विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै ३ नंं का वडा वडाअध्यक्ष श्रीगोपाल महर्जनले विजेतालाई बधाई दिए । उनले अन्य विद्यार्थीलाई अब आयोजना हुने प्रतियोगिता विजेता बन्न प्रेरित गरे । उनले किताबी ज्ञान मात्रै पर्याप्त नभएको बताउँदै  व्यवहारिक ज्ञान अहिलेको आवश्यकता भएको भनाई राखे । विद्यार्थीलाई सिजर्नशील बन्न प्रेरित गर्दै उनले उनले विद्यालय र शिक्षकले समेत विद्यार्थीलाई किताबी ज्ञानमा मात्रै सिमित नराखी सिर्जनशील बनाउन प्रेरित गर्ने शिक्षा प्रदान गर्न अनुरोध गरे ।  शैक्षिक वडा सञ्जाल वडा ३ का अध्यक्ष विजय निरौलाले हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीलाई अनुशासित र समय व्यवस्थापनमा सक्षम बनाउने बताए । यो प्रतियोगिताले विद्यार्थीलाई सिर्जनशील बनाउने उनको विश्वास थियो । महानगरपालिकाका अन्य वडाले समेत यस्तो प्रतियोगिताहरुलाई आफ्नो कार्यक्रममा समावेश गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार