गोदावरी नगरले गर्‍यो विद्यार्थी, शिक्षक र विद्यालयलाई नगद पुरस्कारसहित सम्मान 

बिहीबार, पुस १७, २०८२

ललितपुर । गोदावरी नगरपालिकाले विद्यार्थी, शिक्षक र विद्यालयलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । पालिकाले एक कार्यक्रम आयोजना गरी विद्यार्थी, शिक्षक र विद्यालयलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।  २०८१ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट जिपिए ल्याउने सामुदायिक र संस्थागत विद्यालयबाट १३ जना विद्यार्थी नगदसहित पुरस्कृत भए । पुरस्कृत ती विद्यार्थीलाई नगर प्रमुख गजेन्द्र महर्जनले जनही ५० हजारसहित सम्मान पत्र प्रदान गरे । पुरस्कृत हुनेमा सामुदायिक विद्यालयतर्फ फुल्चोकी माविकी छात्रा अनुश्रेया पौडेलले ४ जिपिए र  छात्रतर्फ बज्रबाराही माविका कृजल हुमागाईले ३ दशमलव ९६ जिपिए ल्याएका छन् । त्यसैगरी संस्थागततर्फ सेन्टपल स्कुलका नेहा महर्जन र सिम्रन पोखरेलले चार जिपिए, ज्योतिदय सहकारी माविका जेनिशा महर्जन, रेनिशा घिमिरे, सहारा घिसिङले ४ जिपिए प्राप्त गरेका छन् । चार जिपिए ल्याउनेमा सन्तानेश्वर माविका आयुस गौतम, होली टेम्पल स्कुलका उपास्ना लामा, सेन्ट जेभियर्स स्कुलका अनमोल लकान्द्री, लालीगुँरास माविका प्रकृति पुतवार र नेवा इङ्लिस स्कुलका स्यानन् महर्जन र प्रनिधि मालाकार छन् । यसैगरी एसएलसी २०८१ मा उत्कृष्ट जिपिए ल्याउने चारजना विद्यार्थीलाई पनि नगर प्रमुख गजेन्द्र महर्जनले नगरसहित पुरस्कृत गरे । सामुदायिकतर्फ बज्रबाराही माविकी कृतिका दहाल (छात्रा तर्फ), प्रशन्न प्रधान (छात्र तर्फ) परस्कृत भए । उनीहरुले क्रमश ३ दशमलव ८६ र ३ दशमलव ७१ जिपिए प्राप्त गरेका छन् । यसैगरी सेन्ट जेभियर्स स्कूलका एनी महर्जन छात्रातर्फ र गौरवकुमार शाह छात्र तर्फ पुरस्कृत भए  । उनीहरुले क्रमशः ३ दशमलव ८९ र तीन दशमलव ८७ जिपिए प्राप्त गरेका थिए । चारैजना विद्यार्थीलाई नगर प्रमुख महर्जनले जनही १० हजारसहित प्रमाणपत्र प्रदान गरे ।  यसैगरी आधारभूत तह उतीर्ण परीक्षा (कक्षा ८) २०८१ मा सहभागी विद्यार्थीमध्ये नतिजाको आधारमा सर्वोत्कृष्ट हुने विद्यार्थी सामुदायिकतर्फ उदयखर्क माविका सुस्मिता स्याङ्गतान (छात्रा तर्फ) र किटिनी माविका लोकराज रोकाय (छात्रतर्फ) उत्कृष्ट भए । त्यसैगरी संस्थागततर्फ कञ्चन सेकेन्डरी इङ्गलिस स्कुलका गरिमा तिमिल्सिना (छात्रा तर्फ) र ज्योतिदय सहकारी स्कूलका अफि देशार (छात्रतर्फ) उत्कृष्ट भए ।

Gm-education-photo-1-1767195142.jpg
यसैगरी उक्त परीक्षामा सामुदायिकतर्फ बज्रबाराही मावि र संस्थागततर्फ सेन्टजेभियर्स मावि उत्कृष्ट भएका थिए ।  कार्यक्रममा सामुदायिक विद्यालयहरुमा अध्यापनरत अनिवार्य विषयका विषयगत शिक्षकहरुमध्ये एसइई २०८१ को विषयगत नतिजाको आधारमा १०० प्रतिशत नतिजा ल्याउने शिक्षकहरुलाई ५ हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो । यसैगरी सामुदायिक र संस्थागत तर्फ एसइई २०८१ मा ३ दशमलव ६५ जिपिए ल्याउने उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।  दावरी नगरपालिकाले एसइई २०८१ मा औषत जिपिएका आधारमा उत्कृष्ट नतिजा प्राप्त गर्ने सामुदायिक र संस्थागत विद्यालयलाई सम्मान गरेको छ । सम्मानित हुने सामुदायिक विद्यालयहरुतर्फ  बज्रबाराही मावि  ३ दशमलव ०५ जिपिए ल्याएर प्रथम भएको छ । बुद्ध मावि बाडेगाउँले २ दशमलव ८२ जिपिए दोस्रो र २ दशमलव ६२ जिपिए ल्याएर वाणीविलास मावि तृतीय भएको छ । यसैगरी संस्थागततर्फ नेवा ः इङ्लिस स्कूल ३ दशमलव ७० जिपिए ल्याएर प्रथम, लालीगुँरास मावि ३ दशमवल ६१ जिपिए ल्याएर दोस्रो, सन्तानेश्वर मावि र डल्फिन मावि ३ दशमलव ४ जिपिए ल्याएर तेस्रो भएका छन् ।  उक्त कार्यक्रममा बोल्दै  गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पालिकाभित्रका सामुदायिक विद्यालयले संस्थागत विद्यालय सरह शैक्षिक गुणस्तर कायम राखेको दाबी गरे । 
गोदावरी नगरपालिकाको शैक्षिक उनन्यनका लागि  सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण भएको बताउँदै भने, ‘सामुदायिक विद्यालयमा अहिले विद्यार्थी संख्या वृद्धि संस्था वृद्धि भएको छ, परीक्षाहरुमा ल्याउने जिपिए वृद्धि भएको छ ।’ नगरपालिकाले शिक्षा क्षेत्रलाई दिएको प्राथमिकताका कारण यो नतिजा प्राप्त भएको स्पष्ट पारे । उनले भने, ‘शिक्षा क्षेत्रको विकासको लागि नीति, नियम बनायौँ, कार्यक्रम तय गरौँ ।’ नगरपालिकाले शिक्षा क्षेत्रलाई दिएको प्राथमिकताका कारण यो उपलब्धि हासिल भएको उनले बताए । पछिल्लो समय किताब ज्ञानमा मात्रै विद्यालयहरु केन्द्रित भएको हो कि भन्ने भान भएको बताउँदै विद्यालयले संस्कारसहितको व्यवहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने भनाई उनको थियो । नगर प्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरभित्रका विद्यालयले गरेको प्रगतिले यहाँका विद्यालय देशकै अब्बल भएको पुष्टि गरेको बताए । उपप्रमुख मुना अधिकारीले गोदावरी नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएकै कारण यो उपलब्धि हासिल भएको प्रष्ट पारिन् । संस्कारसहितको शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै विद्यालय र विद्यार्थीले जीवन उपयोगी शिक्षा अहिलेको आवश्यकता भएको धारणा राखिन् ।  सामाजिक विकास समितिका संयोजक एवम् गोदावरी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष शेखर न्यौपानले बजेटमा सीमितता हुँदा समेत नगरपालिकले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै भने, ‘ नीति कार्यक्रममा पनि शिक्षालाई प्राथमिकतामा राख्यौँ , कार्यान्वयनमा जोड दियौँ, त्यसैले शिक्षा क्षेत्रमा पालिकाले राम्रो उपलब्धि हासिल गरेका हौं । ’ शैक्षिक उपलब्धि हासिल गर्न भौतिक पूर्वाधारको महत्व अत्यन्तै भएको बताउँदै नगरपालिकाले पूर्वाधार निर्माणमा समेत ध्यान दिएको बताए । 

GM-education-2-1767195136.jpg


गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले गुरुको महिमाको व्याख्या गर्दै मानवतासहितको संस्कारयुक्त नागरिक तयार पार्न विद्यालयको भूमिका महत्वपूर्ण भएको बताए । 
शिक्षा, युवा तथा खेलकुद शाखाका निर्देशक रविप्रसाद शर्माले गोदावरी नगरपालिकामा अन्य पालिकाको तुलनामा यथेष्ट काम भएको बताए । वरिष्ठ विद्यालय निरीक्षक सुनिता महर्जनले शिक्षा शाखाले गरेका क्रार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् । 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार