मिहिनेत गर्दा गर्दै अपेक्षाकृत मत आउन सकेन : राप्रपा

सोमबार, फागुन २५, २०८२

काठमाडौं । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीले मिहिनेत गरे पनि अपेक्षाकृत मत आउन नसकेको गुनासो गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूहरूले मिहिनेत गर्दागर्दै र भ्रष्ट पार्टी नहुँदा पनि निर्वाचनमा अपेक्षाकृत मत आउन नसकेको गुनासो गरेका हुन् । उनले दलहरूले आफ्ना एजेण्डाहरूमा पुनर्विचार गरेर अगाडि बढ्नुपर्ने सन्देश अहिलेको परिणामले देखाएको धारणा राखे । उनले लेखेका छन्,‘राप्रपाले मिहिनेत नगरेको पनि होइन, हाम्रो नेतृत्व भ्रष्ट र खराब पनि होइन, हामीले जनहित विपरीतका काम गरेको पनि होइन तथापि अपेक्षाकृत मत आउन सकेन । ताजा जनादेशको स्पष्ट सन्देश ःआफ्ना एजेण्डाहरुमा पूनर्विचार गर ।’

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार