क्वेटा विस्फोटमा दुई पाकिस्तानी अर्धसैनिक जवान घाइते

सोमबार, माघ २४, २०७८

बलुचिस्तान (पाकिस्तान), २४ माघ । पाकिस्तानको बलुचिस्तानको क्वेटामा सोमबार भएको विस्फोटमा दुई पाकिस्तानी फ्रन्टियर कोर (एफसी) का जवान घाइते भएका छन् । बम विस्फोट क्वेटाको सारियाब रोडमा भएको हो । एफसीका जवानहरू एउटा गाउँमा नियमित गस्तीमा थिए जब सडकको छेउमा मोटरसाइकलमा राखिएको बम, तिनीहरू घटनास्थल नजिक पुग्दा टाढाबाट विस्फोट भएको डन अखबारले फ्रन्टियरलाई उद्धृत गर्दै उल्लेख गरेको छ । घाइते अधिकारीहरूलाई एफसी अस्पतालमा लगिएको छ । बलुचिस्तानमा यसवर्षको सुरुदेखि नै धेरै हमला र विस्फोटका घटनाहरू भएको रिपोर्टसँगै हिंसामा वृद्धि भएको छ । गतहप्ता प्रान्तको नौस्की र पञ्जगुर जिल्लाहरूमा दुई सुरक्षा बलको शिविरमा भएको सशस्त्र आक्रमणमा कम्तीमा १३ पृथकतावादी मारिएका थिए भने एक अधिकारीसहित सात सुरक्षाकर्मीको मृत्यु भएको थियो । गत महिना जाफराबाद जिल्लाको डेरा अल्लाहयार सहरमा भएको ग्रेनेड आक्रमणमा दुई प्रहरीसहित १७ जना घाइते भएका थिए ।

मेक्सिकोमा बस पल्टिँदा आठ जनाको मृत्यु

मेक्सिकोको क्विन्टाना रू राज्यमा आइतबार बस पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । क्विन्टाना रू अभियोजकको कार्यालयले जनाएअनुसार दुर्घटना एल टिन्टल सहर नजिकैको लाजारो कार्डेनास नगरपालिकाको कन्टुनिलकिन–कानकुन राजमार्गमा भएको थियो र पीडितहरूमध्ये पाँच पुरुष र तीन महिला थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार अटोबस डे ओरिएन्ट कम्पनीको उक्त बस निर्माण सामग्री बोकेको ट्रकसँग ठोक्किएको थियो ।
नेशनल इन्स्टिच्युट अफ पब्लिक हेल्थको तथ्याङ्कअनुसार सडक दुर्घटनाबाट मृत्यु हुनेको सन्दर्भमा मेक्सिको विश्वभर सातौँ र ल्याटिन अमेरिकामा तेस्रो स्थानमा पर्दछ ।–एएनआई/सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  २२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार