बेलायतका विदेश मन्त्री रुस भ्रमणमा जाने 

सोमबार, माघ २४, २०७८

लण्डन, २४ माघ । बेलायतका विदेश मन्त्री लिज ट्रुसले रुसको भ्रमण गर्ने भएका छन् । यही फेब्रअरी १० मा उनले रुसको भ्रमण गर्ने तय भएको अधिकारीहरुलाई उद्धृत गर्दै द टाइम्स पत्रिकाले सोमबार लेखेको छ । विषेश गरेर युक्रेनसम्वन्धी विवादमा छलफल गर्न उहाँले रुसको भ्रमण गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अघिल्लो हप्ता नै रुस गएर युक्रेनमा रुसले आक्रमण गर्न लागेको भन्ने चर्चाका बारेमा बुझेर आउन निर्देशन दिएका थिए । तर त्यतिबेला उहाँ कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि भ्रमण स्थगित भएको थियो । बेलायती विदेश मन्त्रीको रुस भ्रमणको विषयलाई अत्यन्त चासो र महत्वका साथ हेरिएको छ ।–रासस/एएनआई

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  २२:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार