भाउजूको हत्या गर्न शरीरमा पेट्रोल छर्केर आगो  

आइतबार, माघ २३, २०७८

राजविराज, २३ माघ । सप्तरीको बोदेबरसाइन नगरपालिका–१ धनगढीमा एक युवकले आफ्नै भाउजूको पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन् । सत्ताइस वर्षीया राजकुमारी साहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । दुई दिनअघि २० वर्षीय परमेश्वर साहले घरमै रोटी पकाइरहेकी आफ्नी भाउजू राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएको पीडित परिवारले आरोप लगाएको छ । जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका लागि विराटनगरस्थित अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।  राजकुमारीका ३० वर्षीय पति रविनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । यता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भाउजूमाथि पेट्रोल छर्केर आगो लगाउने देवरको खोजी भइरहेको बताए । 
 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  २१:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार