सैन्य झडपभन्दा कूटनीतिक समाधानको सम्भावना ‘उच्च’ : युक्रेनी राष्ट्रपति

आइतबार, माघ २३, २०७८

कीभ, २३ माघ । युक्रेनका राष्ट्रपतिले कूटनीतिमार्फत रुससँगको बढ्दो तनावलाई समाधान गर्ने सम्भावना रहेको आइतबार बताएका छन् । झडपभन्दा कूटनीतिक समाधान आफ्नो रोजाइ रहेको उनले बताए । अमेरिकाले मस्कोले आक्रमणको तयारी बढाइरहेको चेतावनी दिएको केही समय पछि आएको उनको प्रतिक्रियाले रूसी अधिकारी र युक्रेनी अधिकारीहरूबीच कूटनीतिक समाधानका लागि भएका पहल सकारात्मक भएको बुझिएको छ ।  राष्ट्रपतिका सल्लाहकार माइकिलो पोडोल्यकले आइतबार सञ्चारकर्मीसँग भने,, “पछिल्लो स्थितिको मूल्याङ्कनले तनाव चर्किनेभन्दा कूटनीतिक समाधान खोज्ने सम्भावना अझै पनि प्रवल रहेको र द्वन्द्वको थप वृद्धिको खतरालाई टार्न सकिने सङ्केत गर्छ ।”–रासस/एएफपी
 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार