सिरियालीे जेलमा अझै पनि नाबालकहरूलाई थुनामा राखिएको राष्ट्रसङ्घद्वारा पुष्टि

आइतबार, माघ २३, २०७८

बेरुत, २३ माघ । गत महिना इस्लामिक स्टेट समूहले आक्रमण गरेको सिरियाको उत्तरपूर्वी जेलमा नाबालकलाई अझै थुनामा राखिएको संयुक्त राष्ट्रसङ्घले आइतबार जानकारी गराएको छ ।   उनीहरूको अवस्थालाई ‘खतरायुक्त’ भन्दै उनीहरूको सुरक्षा तथा मानवीय स्वतन्त्रताका लागि राष्ट्रसङ्घले विश्व समुदायसँग आग्रह गरेको छ । ‘संयुक्त सेभ द चिल्ड्रेन, ह्युमन राइट्स वाच’लगायत अन्तर्राष्ट्रिय अधिकार समूहहरूले जेलको अनुगमनपछि जनवरी २० मा ७०० भन्दा बढी किशोरहरू ग्वयरान जेलमा रहेको यस पहिल्यै बताएका थिए ।  हजारौँ जिहादी लडाकूहरू रहेको उक्त जेलमा तिनीहरूलाई नजिकैको विस्थापन शिविरबाट स्थानान्तरण गरिएको थियो । त्यहाँ रहेका सयौँ बालबालिका १२ देखि १८ वर्षमुनिका रहेका र उनीहरूमध्ये केही आफ्ना अभिभावकबिना नै पनि त्यहाँ रहेका मानव अधिकार समूहले बताएका छन् ।  कति नाबालिगहरू अझै थुनिएका छन् भन्ने निर्दिष्ट नगरिकन संयुक्त राष्ट्रसङ्घको बाल अधिकार हेर्ने निकायले भनेको छ, “युनिसेफले अझै पनि ग्वयरान हिरासत केन्द्रमा थुनिएका केही बालबालिकासँग भेटको र अहिले त्यहाँ केही आधारभूत सेवाहरू स्थापना भए तापनि यी बालबालिकाको अवस्था असाध्यै पीडादायी छ ।”
कुर्दिश नेतृत्वको सिरियाली डेमोक्रेटिक फोर्सका फरहद शामीले एएफपीलाई दिएको जानकारीमा ‘सयौँ’ नाबालिगहरू अझै पनि ग्वयरानमा राखिएको बताए पनि तथ्याङ्क दिन नसक्ने बताए । उनले भने, “उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ ।”
हासाकेह सहरको ग्वयरान जेलबाट आइएस जेल आक्रमण विच्छेदको प्रयासले कुर्दिश–चालित सुविधा भित्र र वरिपरि एक हप्ता द्वन्द्व भएको र सयौँको मृत्यु भएको र यसलाई कुर्दिश नेतृत्वमा रहेका सेनाहरूले पुनः कब्जा गरेको थियो । सन् २०१९ मा यस समूहको क्षेत्रीय हारपछि सिरियामा यो सबैभन्दा ठूलो जिहादी परिचालन थियो ।– रासस/एएफपी
 
 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  २१:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार