भारतका ७ प्रदेश कोरोना भाइरसको उच्च जोखिममा 

कूल सङ्क्रमितमध्ये ९० प्रतिशत ७ प्रदेशमा देखिए 
बिहीबार, फागुन १३, २०७७

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट कूल सङ्क्रमितमध्ये झण्डै ९० प्रतिशत सङ्क्रमितहरू सात प्रदेशमा मात्रै रहेका छन् । 
केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार नयाँ देखिएका अधिकांश सङ्क्रमितहरू ती प्रदेशमा रहेकाले कूल सङ्क्रमितको सङ्ख्या पनि तीनै प्रदेशहरूमा धेरै देखिएका हुन् । देशको महाराष्ट्र, केरला, पन्जाव, मध्य प्रदेश, तमिलनाडु, गुजरात र छत्तिसगढ प्रदेशमा ९० प्रतिशत सङ्क्रमितहरू रहेको अधिकारीहरूको भनाइ छ । भारतमा अहिले पनि एक लाख ५१ हजार ७०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.३७ प्रतिशत मात्रै हो । पछिल्लो समयमा दैनिक सङ्क्रमितहरूको र मृत्यु भएकाहरूको सङ्ख्यामा निकै कमी आएको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा भारतमा १६ हजार ७३८ जना नयाँ सङ्क्रमित भएका छन् । तीमध्ये ८९.५७ प्रतिशत सङ्क्रमित सात प्रदेशका रहेका छन् ।  भारतमा अहिलेसम्म एक करोड १० लाख ४६ हजार ९१४ जना सङ्क्रमित भएको र कूल एक लाख ५६ हजार ७०५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार