लागुऔषध सहित भारतीयनागरिक पक्राउ

आइतबार, माघ २३, २०७८

बनियानी, २३ माघ । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन् । उनीहरुलाई  १५ ग्राम ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल ९बीओपी० ज्यामिरगढीबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरुको साथबाट ती अबैध पदार्थ बरामद भएको थियो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।–रासस 
 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ०७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार