सन् २०१४ यता पाकिस्तानको हिरासतबाट २,१९३ भारतीय बन्दी स्वदेश फिर्ता

शनिबार, माघ २२, २०७८

भारत (नयाँदिल्ली), २२ माघ । सरकारको निरन्तर प्रयासले सन् २०१४ यता पाकिस्तानको हिरासतमा रहेका माछा मार्नेसहित २,१९३ भारतीय बन्दीलाई फिर्ता ल्याउन सफल भएको विदेश राज्यमन्त्री वी मुरलीधरनले लोकसभामा जानकारी गराएका छन् । पाकिस्तानी जेलमा रहेका भारतीय कैदीको विवरणको प्रश्नको जवाफमा, राज्यमन्त्रीले भने, उपलब्ध जानकारीअनुसार, युद्ध कैदीसहित ८३ भारतीय सुरक्षाकर्मी पाकिस्तानको हिरासतमा छन् भन्ने विश्वास गरिन्छतर तिनीको उपस्थितिलाई स्वीकार गरिएको छैन । उनले बेपत्ता सैनिकको रिहाइ र स्वदेश फिर्ताको विषयलाई सरकारले कूटनीतिक माध्यमबाट पाकिस्तानसमक्ष निरन्तर उठाइरहेको बताए । मन्त्रीले यो मुद्दा अन्तिम पटक इस्लामाबादमा रहेको भारतीय उच्चायोगले १ जनवरी २०२२ मा आफ्नो सञ्चारमाध्यमबाट पाकिस्तानको विदेश मन्त्रालयसँग उठाएको थियो । “सरकारले भारतीय बन्दी र माछा मार्नेको आशङ्काको रिपोर्ट प्राप्त गरेपछि तुरुन्तै कूटनीतिक माध्यमबाट यो मुद्दा पाकिस्तानसँग उठाउँछ” उनले भने ।– रासस/एएनआई

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  २२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार