चिनियाँ राष्ट्रपतिद्वारा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता 

शनिबार, माघ २२, २०७८

बेइजिङ, २२ माघ । चीनका राष्ट्रपति सि जिनपिङले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन् ।  चीनको सङ्घीय राजधानी बेइजिङमा शुक्रबारदेखि सुरु भएको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिताका लागि आएका राष्ट्र तथा सरकार प्रमुखसँग उनले भेटवार्ता गरेका हुन् ।   भेटवार्ताका क्रममा उनले सबै राष्ट्र तथा सरकार प्रमुखसँग दुई पक्षीयहित, आपसी सम्बन्ध, सहकार्य र सहयोग आदान प्रदानका बारेमा छलफल गरेका थिए ।  त्यसैगरी क्षेत्रीय तथा अन्तरराष्ट्रिय सरोकारका विषय, शान्ति र स्थायित्वका बारेमा पनि उनीहरूबीचमा छलफल भएको अधिकारीले जनाएका छन् ।  राष्ट्रपति जिनपिङले काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्ट तोकायेभ, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसि, टर्कीका राष्ट्रपति गुर्वान्गुली बेर्डामुखामेडोभ, सर्वियाका राष्ट्रपति अलेकजेण्डर भुसिकलगायतसँग शनिबार भेटवार्ता गरेका हुन् ।  उनले अन्य देशका राष्ट्र तथा सरकार प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको अधिकारीले जनाएका छन् ।

राष्ट्रपति सी र पुटिनबीच बेइजिङ ओलम्पिकमा वार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बेइजिङ शीतकालीन ओलम्पिक शुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । न्यानो र मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्राध्यक्षले चीन–रूस सम्बन्ध, अन्तरराष्ट्रिय रणनीतिक सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने प्रमुख मुद्दामा गहन विचार आदानप्रदान गरेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको जनाइएको छ । 
राष्ट्रपति सीले पुटिनको भ्रमणलाई शीतकालीन ओलम्पिकका लागि गेट टुगेदर गर्ने प्रतिबद्धताकोरूपमा वर्णन गरेका थिए । उनले शुक्रबारको वसन्त पर्व बैठकले चीन–रूस सम्बन्धमा नयाँ जीवन्तता थप्ने विश्वास व्यक्त समेत व्यक्त गरेका थिए । 
गहिरो र जटिल विकासले भरिएको अन्तरराष्ट्रिय परिदृश्यको प्रतिक्रियास्वरूप चीन–रुसले पारस्परिक सहयोगको रणनीतिक समन्वयलाई अझ बजबुद बनाउन, न्तरराष्ट्रिय निष्पक्षता र न्यायका लागि काँधमा काँध मिलाएर उभिन प्रतिबद्ध रहेको कुरामा जोड दिए । सीले रुससँगको द्विपक्षीय सम्बन्धको राजनीतिक लाभको पूर्णफाइदा उठाउन र चौतर्फीरूपमा व्यावहारिक सहयोगलाई अझ फलदायी बनाउन चीनको तत्परतालाई जोड दिएका थिए । 
उनले दुवै पक्षले वस्तु तथा सेवा व्यापारको उच्च गुणस्तरीय विकासको रोडम्याप कार्यान्वयन गर्न, कृषि, हरित व्यापार, औषधि तथा स्वास्थ्य, डिजिटल अर्थतन्त्रलगायतका क्षेत्रमा सहयोगलाई प्रगाढ बनाउन र रसदलाई निरन्तरता दिन यातायात पूर्वाधारको अन्तरसञ्जाल बढाउन आवश्यक रहेको बताएका छन् । 
युरेशियन महादेश, विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खला स्थिर बनाउँन युरेशियन इकोनोमिक युनियनसँग बेल्ट एन्ड रोड सहकार्यलाई थप समन्वय गर्न जोड दिएको बताइएको छ ।
विगत दुई दशकमा साङ्घाई सहयोग संगठनले गरेको असाधारण यात्रा र अन्तरराष्ट्रिय समुदायमा महत्त्वपूर्ण रचनात्मक शक्तिको रूपमा यसको भूमिकालाई स्मरण गर्दै सीले ब्रिक्स सहयोग संयन्त्रलाई अझ प्रभावकारी बनाउन रुससँग सञ्चार र समन्वय बढाउन चीनको तत्पर रहेको पनि पनि  उल्लेख गरेका थिए । सो अबसरमा दुई नेताबीच बहुपक्षीयतालाई कायम राख्न, कोभिड–१९ विरुद्धको सहयोगलाई सुदृढ गर्न र आर्थिक पुनरुत्थानलाई बढावा दिन भूमिका खेल्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । यसैबीच, रुसका राट्ट्रपति पुटिनले ओलम्पिक शीतकालीन खेल बेइजिङ २०२२ को उद्घाटन समारोहमा निमन्त्रणामा उपस्थित हुन पाउँदा खुसी व्यक्त गरेका थिए  । “मलाई विश्वास छ सावधानीपूर्वक तयारीका साथ, चिनियाँ जनताले विश्वलाई उत्कृष्ट शीतकालीन ओलम्पिक अनुभव प्रदान गर्नेछन्”, पुटिनले भने, म खेलमा रूसी र चिनियाँ खेलाडीको उत्कृष्ट प्रदर्शनको लागि तत्पर छु । 
राष्ट्रपति पुटिनले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले हासिल गरेको महान विकासका उपलब्धिका लागि चीनलाई हार्दिक बधाइ दिएका थिए ।  सो अवसरमा राष्ट्राध्यक्ष सी र राष्ट्रपति पुटिनले बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा आफ्ना खेलाडीलाई खेलकुदमा राम्रो प्रदर्शनका निम्ति शुभकामना व्यक्त गरेका थिए । 
उद्घाटन समारोहमा राष्ट्रको परेडका लागि ९१ राष्ट्रिय ओलम्पिक समिति (एनओसी)का खेलाडीले बेइजिङ राष्ट्रिय रङ्गशालामा मार्च गरेका थिए । बेइजिङ राष्ट्रिय रङ्गशाला वा बड्र्स नेस्ट ओलम्पिक शीतकालीन र ग्रीष्मकालीन खेल दुवैको उद्घाटन समारोह आयोजना गर्ने पहिलो स्थान बनेको छ ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  २२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार